काठमाडौ ।ग्यारेन्टीका साथ कपाल उमार्छ जस्ता बिज्ञापन गरेर बजारमा ल्याएको श्रीकेश तेल अहिले विवादमा परेकोछ।सेलिब्रेटी,कलाकार ,राजनैतिक नेता,हिमानी शाह ,प्रधानमन्त्री प्रचण्ड देखि रास्ट्रपति बिद्यादेबि भण्डारीको हातमा श्रीकेश तेल राखिदिएर आक्रमक प्रचार प्रचारमा जुटिरहेका थिए।अहिले फेसबुकमा धमाधम राखेका तस्बिरहरु समेत हटाइसकेकाछन। त्यसका सन्चालक टीका बुढाथोकीले अहिले जडिबुटीको नाममा दुरुपयोग गरि मानिसको भावनामा खेलेको आम उपभोक्ताहरु स्वयं बताइरहेकाछन।आयुर्वेद ब्यबस्था बिभागमा दर्ता नरहेको,३२ जडिबुटी संमिश्रण भनिएपनी कम्पोजिसन नमिलेको ,तेलले काम गर्छ भन्ने कुनै तथ्य नभेटेपछि बुढाथोकीको कमाउधन्दा चकनाचुर हुन पुगेकोछ।एउटै तेलको मुल्य ३ हजार रुपियाँ राख्नै नमिल्ने समेत सम्बन्धित निकायले बताएकोछ।बोतलमा राखिएको लेबलिङ पनि आखामा छारो हाल्न हचुवाको भरमा राखिएको बुझिएकोछ।सबैतिरबाट प्रश्नै प्रश्नको घेरामा तानिएका टीका बुढाथोकीको श्रीकेश तेलको किनेर आफुहरु ठगिएको उपभोक्ताहरुले बताउन थालेपछि के अब राज्यले छानबिनको दायारामा ल्याउला त?
गएराती बिहानको ३:३० बजे नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलताल त्रीसुलिमा दुई वटा बस झरेकोछ। ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!