काठमाडौ ।राजनैतिक बिश्लेसक डा.बिजय मिश्रले नेपाली राजनीती अहिले डेडलकको अवस्थामा रहेकोले राजनिती ह्यङओभरबाट निस्कन जनमत संग्रह गराउनुपर्ने बताउनु भएकोछ । मंगलबार रेडमिडियासग कुरा गर्दै उहांले जनमत संग्रह गराउने जिम्मा नेपाली सेनाले लिनुपर्नेमा जोड दिनु भयो ।नेपालमा एक मात्र बिश्वसनिय सस्था नेपाली सेना मात्र भएकोले नेपाली सेनाले ६ महिना भित्रमा जनमत संग्रह गराई निकासा निकालेर पुनः देशको बागडोर राजनैतिक दलको हातमा जिम्मा दिनुपर्ने डा.मिश्रको भनाइ रहेकोछ। धर्म र शासकिय स्वरुप विषयमा जनमत संग्रह हुनुपर्नेमा जोड दिनु भयो।कुराकानीको क्रममा उहांले नेपालमा भएका सबै खालका झगडाहरु भारतले गराइदिने गरेको र नेपालमा आएका प्रजातन्त्र,लोकतन्त्र ,गणतन्त्र सबै भारतले ल्याइदिएकोले नेपाली दलहरुको परिवर्तनको नाममा कुनै हात नरहेको ठोकुवा समेत गर्नु भयो।नेपालका दलहरु भारतले जन्माइ दिएकोले नेपाली दलहरू भारतको इसारामा काम गरिरहेको डा.बिजय मिश्रको बिचार रहेकोछ। ।फरक प्रसङ्गमा उहांले रबि लामिछाने , गगन थापा दुबै चोखा नभएकाले उनीहरु पछि मिल्नकै लागि झगडा गरिरहेको बताउनु भयो।सहकारीमा गृहमन्त्री रबि लामिछाने दोषी ,नागरिकता किर्तेमा कान्तिपुरका कैलास सिरोहियाको गल्ती भएको भएपनि मुद्दा पर्दैमा रबि लामीछानेले राजिनामा दिनु नपर्ने भन्दै प्रचण्डको नाममा समेत अहिले मुद्दा दर्ता रहेको उल्लेख गर्नु भयो।गिरि बन्धु टि स्टेट सन्दर्भमा केपी शर्मा ओलि र बालेन ब्याटलमा बालेनले बाजि मारेको उनले बताउनुभयो ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया