जेब्रा क्रसिङमा ट्रकले किचेर महिलाको मृत्यु

जेब्रा क्रसिङमा ट्रकले किचेर महिलाको मृत्यु

जेब्रा क्रसिङमा ट्रकले किचेर महिलाको मृत्यु

काठमाडौ ।जेब्रा क्रसिङ गर्ने क्रममा सातदोबाटोमा एक महिलाको ज्यान गएकोछ।सोमबार बिहान ११ :३० बजे काभ्रे पाचखालकी ४० बर्सिय अप्सरा दहालको  ट्रकले किचेर  मिर्तु भएको हो।सातदोबाटो चोक नजिक महिलाले जेब्रा क्रसिङबाट क्रस गर्दैगर्दा सातदोबाटो देखि कोटेश्वर आउदै गरेको ना ५ ख ७५०६ ट्रकले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको सातदोबाटो  ट्राफिक प्रहरी कार्यलयले जनाएकोछ।घटना स्थलबाटै गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।मृतकको शब ग्वार्कोको किस्ट अस्पतालमा राखिएकोछ।सात दोबाटो प्रहरी प्रमुख डिएसपी  चित्र बहादुर भट्टराईले मृत्यकको आफन्त ,बागमती यातायात व्यावसायि समितिको बिचमा छलफल गराएर सहमती गराउन सफल भएकाछन।मृत्यक दुई सन्तान छन।मृतकका परिवाले क्षतिपूर्ति समेत पाउने सहमती समेत भएकोछ।जेब्रा क्रसिङमा ट्राफिक लाइटको ब्यवस्था नहुदा ,गाडी चालकले पैदल यात्री बाटो क्रस गर्दा गाडी हुइकाइ रहनुले यस्ता खाले दुर्घटना भैरहेको स्थानीय बासिन्दाले बताएकाछन।सडकमा बाटोमा स्पष्टता नहुदा पैदल यात्री र चालक समेत अन्यौलमा पर्दा यस्ता खाले दुर्घटना हुने गरेको र संबंधित निकाय बेलैमा सचेत हुन नितान्त जरुरी देखिरहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रबि लामिछानेको पार्टी फुट्ने :महामन्त्री मुकुल ढकाल
एक बर्ष अगाडि

असार १३ काठमाडौ ।रास्ट्रीय स्वतन्त्र पार्टी फुटको सङ्घार नजिक पुगेकोछ।पार्टी महामन्त्री मुकुल ढकालले ...

छुटाउनुभयो कि ?

TOP