मानसिक स्वास्थ तालीमको सुरुबात गर्यो नेपाल वैदेशिक रोजगार व्यावसायि संघले

मानसिक स्वास्थ तालीमको सुरुबात गर्यो नेपाल वैदेशिक रोजगार व्यावसायि संघले

असार १४ काठमाडौ ।नेपाल वैदेशिक रोजगार व्यावसायि संघले  आज शुक्रबार  काठमाडौमा मानसिक स्वास्थ सम्बन्धि एक दिने तालिम सप्पन्न गरेकोछ।वैदेशिक रोजगारमा जाने कामदारहरुलाइ लक्ष्यित गरि राखिएको तालिममा ३० जना मेनपावर व्यावसायिहरु सहभागी भएका थिए।

नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारहरुको मेडिकल चेक गर्दा स्वास्थ स्वस्थ देखिएपनी मानसिक स्वास्थ्य  समेत स्वस्थ राख्नु अनिवार्य रहेकोले  पनि यस किसिमको तालिम दिने कार्यको  सुरुबात गरिएको नेपाल वैदेशिक रोजगार व्यावसायि संघका महासचिव मेघनाथ भुर्तेले बताउनु भयो।

अत्यन्त उत्साहीत भएर तालिममा भाग लिएका  सहभागीहरुले अब उपरान्त आफुहरुले बिदेश कामदार पठाउदा मानसिक स्वास्थ सम्बन्धि तालिमलाई विशेष प्राथमिकता दिने प्रतिक्रिया दिएकाछन।

मलेसियन कम्पनी अमेज सिनर्जी भेन्चरका प्रमुख कार्यकारी अधकृत मो. इब्राहिम खान अमनुल्ला,प्रशिक्षकहरु डा.सिति खाबिजा र लिसा भाष्करनले प्रशिक्षण गर्नु भएको थियो ।

नेपाल वैदेशिक रोजगार महाशाखा प्रमुख तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रबक्ता गोबिन्द प्रसाद रिजालको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा वैदेशिक रोजगार बोर्डका उपसचिव भरत आचार्यले कार्यक्रम सफलताको शूभकामना व्यक्त गर्नु भएको थियो।

नेपाल रोजगार व्यावसायि संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार )ले स्वागत मन्तव्य राख्नु भएको थियोे ।अनमोल खत्रीले सन्चालन गरेको कार्यक्रमलाई पावर माइन्डस प्रालिले सहजीकरण गरेको थियो।

नेपाल वैदेशिक रोजगार व्यावसायि संघका कार्यसमितिको बाक्लो उपस्थिति समेत रहेको कार्यक्रमको अध्यक्षता सोही सस्थाकै अध्यक्ष राजेन्द्र भन्डारिले गर्नु भएको थियो।उहाले अब बिस्तारै सबै मेनपावरहरुलाइ मेन्टल हेल्थ सम्बन्धि तालिममा जोड्दै लगिने बताउनु भयो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सौर्य एयर लाइन्स दुर्घटना ,१८ जनाको मृत्यु ,एकजनाको जिवित उद्दार ,
एक बर्ष अगाडि

साउन ९ काठमाडौ ।पोखराको लागि उड्न लागेको सौर्य एयर लाइन्सको प्लेन दुर्घटनामा परेकोछ।आज बिहान ११:११ ब ...

छुटाउनुभयो कि ?

TOP