लोकन्थलीमा डिभाइडरमा ठोक्कियो बुलेट बाइक, २२ वर्षीय युवकको मृत्यु

लोकन्थलीमा डिभाइडरमा ठोक्कियो बुलेट बाइक, २२ वर्षीय युवकको मृत्यु

भक्तपुर । भक्तपुरको लोकन्थलीमा बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब ४ बजे बागमती प्रदेश ०२-०६० प ८३३२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा मध्यपुरठिमी नगरपालिका-६ का अनिस छुजु गम्भीर घाइते भएका थिए।

काठमाडौंँबाट लोकन्थलीतर्फ जाँदै गरेका उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP