चर्चामा
काठमाडौं । महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत सर्भेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बर्दिबास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गा अंशबण्डाअनुसारको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
उक्त सूचनाका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट घुसस्वरूप लिएको एक लाख रुपैयाँसहित बुधबार नापी कार्यालयअगाडि रहेको एक खाजाघरबाट नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारले साहविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिसकेको जनाएको छ।
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका-९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!