विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक रास्वपालाई चाहिँदैन : रवि लामिछाने

विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक रास्वपालाई चाहिँदैन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने तथा सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने अन्ध समर्थक पार्टीलाई आवश्यक नरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले शोक र पीडामा रहेका "भुईँमान्छे" को पक्षमा उभिने तथा उनीहरूको आँसु पुछ्ने सदस्य पार्टीलाई आवश्यक रहेको बताए ।

उनले नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नरहेको स्पष्ट पारे ।

'नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,' लामिछानेले भने ।

उनका अनुसार रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारीले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेको पाइए पार्टीले कडा कारबाही गर्नेछ ।

'यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिनेछ,' उनले भने ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP