सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा युवक पक्राउ

सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा युवक पक्राउ

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा विपत्तिमा खुसी व्यक्त गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडैलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार मडैले सामाजिक सञ्जालमार्फत जातजातिलाई लक्षित गरी अपमानजनक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण गरेको आरोप छ। साथै, भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विपत्तिमा खुसी व्यक्त गर्ने किसिमका भिडिओसमेत पोस्ट गरेको प्रहरीको भनाइ छ।यस्ता सामग्रीले सामाजिक सद्भाव र आपसी एकतामा असर पार्न सक्ने भएकाले विपद्को संवेदनशील अवस्थामा सामाजिक सञ्जालमा अराजकता फैलाउने, घृणा वा अपमानजनक सामग्री पोस्ट तथा शेयर नगर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP