सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि जिल्लाको सुरक्षा अवस्था अझै तनावपूर्ण बनेको छ। आइतबार दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए।
घटनापछि स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो। सोमबार कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन भएपछि मंगलबार पनि कर्फ्यूलाई निरन्तरता दिइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यू यथावत् राखिएको छ।
प्रशासनले तोकेका चार किल्लाभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–बैठक गर्न पूर्ण रूपमा रोक लगाएको जनाएको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीयवासीलाई प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गते नै ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!