ट्रम्पको दाबी: अमेरिका–इरान तनाव अन्त्यतर्फ, वार्ता जारी!

ट्रम्पको दाबी: अमेरिका–इरान तनाव अन्त्यतर्फ, वार्ता जारी!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्।

लगातार तेस्रो दिन पनि दुवै पक्षबाट एकअर्कामाथि कुनै सैन्य आक्रमण नभएको जनाइएको छ।

सोमबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले, "यो युद्ध अन्त्य हुने राम्रो सम्भावना देखिएको छ," भन्दै वार्ताप्रति आशावादी रहेको बताए। तर, वार्ता असफल भएमा अमेरिका फेरि सैन्य कारबाहीमा फर्किन सक्ने चेतावनी पनि उनले दिए।

उता, इरानले भने अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता भइरहेको दाबीलाई अस्वीकार गरेको छ।

ट्रम्पका अनुसार गत शुक्रबार उनले इरानमाथिको अमेरिकी आक्रमण रोक्ने निर्णय गरेका थिए। मध्यस्थकर्ताहरूले वार्ताका लागि थप समय दिन आग्रह गरेपछि उक्त निर्णय गरिएको उनको भनाइ छ।

इरानले पनि हालका लागि आफ्ना आक्रमण स्थगित गरेको जनाएको छ। करिब दुई सातासम्म चलेको आक्रमण–प्रत्याक्रमणपछि अहिले दुवै देशबीचको तनाव केही मत्थर भएको देखिएको छ। तर, वार्ताबारे दुवै पक्षका भनाइ फरक–फरक रहेकाले स्थिति अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP