झापाको बोर्डिङ स्कुलको आवासीय भवनमा शिक्षिका मृत फेला, श्रीमान् सम्पर्कविहीन!

झापाको बोर्डिङ स्कुलको आवासीय भवनमा शिक्षिका मृत फेला, श्रीमान् सम्पर्कविहीन!

झापाको मेचीनगरस्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा सर्लाहीकी २९ वर्षीया शिक्षिका कविताकुमारी ढुङ्गाना मृत अवस्थामा फेला परेकी छन्।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार सम्पर्कविहीन रहेका उनका श्रीमान् रतन गुप्ताले "श्रीमतीले आत्महत्या गरेकी छन्" भन्ने सन्देश पठाएपछि फरार भएका छन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको छ। साथै, फरार रहेका श्रीमान् रतन गुप्ताको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP