धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। दुर्घटनामा ट्रक चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको लोबेड ट्रक दुर्घटनाग्रस्त भएपछि आगो लागेको हो। दुर्घटनामा भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको छ।
यद्यपि, ट्रकका सहचालक भने सकुशल रहेका छन्। दुर्घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबारे जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!