चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान ८ बजेर ५० मिनेटमा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो। सडक अवरुद्ध भएसँगै सयौँ सवारी साधन र हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
हाल सम्बन्धित निकायले पहिरो पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइसकेको छ। यदि मौसम अनुकूल रहेमा करिब १ घण्टा ३० मिनेटभित्र सडक सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।
यस सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्गको जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबारे जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!