भोटेकोशी बाढीपछि ६ जिल्ला तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढीपछि ६ जिल्ला तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रमा विशेष राहत तथा उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

सरकारले बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार, जोखिममा परेकाहरूको तत्काल उद्धार तथा घरबास गुमाएकाहरूको बसोबास र खानपानको व्यवस्था गर्ने निर्णय गरेको जनाएको छ।

यस्तै, बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वय गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP