भट्टराईका अनुसार भाइरल भइरहेको भिडियो हालको नभई धेरै अघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो हो। उनले उक्त दृश्य आफ्नो वर्तमान सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी जीवनसँग सम्बन्धित भएको स्पष्ट पार्दै यसलाई अहिलेको भूमिकासँग जोडेर व्याख्या गर्नु उचित नहुने बताएकी छन्।
उनले आफू चालक नभई यात्रुको रूपमा रहेको र केही क्षणका लागि रमाइलोका क्रममा झ्यालबाट बाहिर हेरेको दृश्य मात्र कैद भएको दाबी गरेकी छन्। उक्त गतिविधि कुनै औपचारिक कार्यक्रम वा सार्वजनिक दायित्वसँग सम्बन्धित नभएको उनको भनाइ छ।
सांसद भट्टराईले सार्वजनिक पदमा रहे पनि नागरिकको निजी जीवन र व्यक्तिगत स्वतन्त्रता कायम रहनुपर्ने बताउँदै सीमित भिडियोका आधारमा व्यक्तिको मूल्याङ्कन गर्नु उपयुक्त नहुने धारणा राखेकी छन्।
उनले ट्राफिक नियम र सडक सुरक्षाको पालना सबैको जिम्मेवारी भएको स्वीकार गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता समेत जनाएकी छन्।
भट्टराईले आफू जनताको विश्वासप्रति प्रतिबद्ध रहेको र जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहने उल्लेख गरेकी छन्।
काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!