सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी तथा ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुति दिँदै एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक प्रणाली प्रविधिमैत्री नहुँदा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताए।
उनका अनुसार नेपालमा करिब ६५ लाख सवारी साधन दर्ता भए पनि काठमाडौं उपत्यकामा मात्रै दैनिक औसत २० लाख सवारी साधन सञ्चालनमा आउने गरेका छन्। सीमित जनशक्ति अन्तर्गत देशभर करिब २५ सयदेखि २६ सय ट्राफिक प्रहरी मात्र परिचालन हुँदा व्यवस्थापनमा ठूलो चुनौती रहेको उनले उल्लेख गरे।
त्यस्तै, दैनिक हजारौँ भारतीय सवारी साधन नेपाल भित्रिने र तिनको भारवहन क्षमताको प्रभावकारी अनुगमन नहुँदा सडक छिट्टै बिग्रिने समस्या देखिएको उनको भनाइ छ।
एसएसपी काफ्लेले ट्राफिक नियम उल्लंघनलाई निरुत्साहित गर्न जरिवाना रकम बढाउनुपर्ने सुझाव पनि दिएका छन्। हालको ५०० देखि १००० रुपैयाँको जरिवाना अत्यन्तै न्यून भएको भन्दै उनले ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको दण्ड व्यवस्था आवश्यक रहेको बताए।
उनले म्यानुअल ट्राफिक व्यवस्थापनलाई विस्थापित गर्दै एआई-आधारित इन्टिग्रेटेड ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। उक्त प्रणालीका लागि करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।
त्यसैगरी, ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्ने, डिजिटल चेकपोष्ट स्थापना गर्ने, सवारी तौल मापनका लागि ‘धर्मकाँटा’ राख्ने र पुराना गाडी हटाउन स्क्र्याप नीति ल्याउनुपर्ने सुझाव पनि उनले दिए।
विद्यालय तहको पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्ने तथा निगरानीका लागि ड्रोन र रोबोट प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने उनको भनाइ छ।
एसएसपी काफ्लेले पूर्वाधार र प्रविधिमा लगानी नगरी केवल ट्राफिक प्रहरीमा भर पर्दा समस्या समाधान नहुने स्पष्ट पारे।
काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!