जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको खातामा बिगो रकम जम्मा गरेपछि उनलाई हाजिर जमानीमा थुनामुक्त गरिएको हो। साहलाई जेठ ३ गते पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट म्याद लिएर राखिएको थियो।
प्रहरीका अनुसार साहले ४ लाख ५० हजार रुपैयाँ बिगो रकम पीडितको खातामा जम्मा गरेका थिए। सोही आधारमा कानुनी प्रक्रिया पूरा गरी उनलाई छोडिएको हो।
उनीसँगै पक्राउ परेका उनका दाजु नारायण साह सुडीसम्बन्धी मुद्दामा भने कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि आर्जव होल्डिङ प्रालिसँग सम्बन्धित चेक बाउन्स प्रकरणमा अदालतले बिगो भराउनेसहित एक महिनाको कैद सजाय हुने फैसला गरेको थियो। उक्त फैसला पुनरावेदन योग्य रहेको बताइएको छ।
सेफ सन्तोष साह २०२० को बीबीसी मास्टरसेफ प्रतियोगितामा सहभागी भएपछि चर्चामा आएका थिए।
काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!