फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ | फिफा विश्वकप-२०२६ अन्तर्गत समूह एच को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।    
    
 अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् ।    
    
त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।    
    
त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १-१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् । गए राति भएको समूह एच कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १-१ को बराबरी खेलेका थिए ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

महिला उद्यमशीलता प्रवर्द्धनबारे आज महिला उद्यमी महासङ्घसँग प्रधानमन्त्रीको छलफल
1 हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...

छुटाउनुभयो कि ?

TOP