काठमाडौं।नापी कार्यालय चावहिल २ नं. नापी टोलीका अमिन टोप जङ खत्री ६० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा खटिएको टोलीले खत्रीलाई सेवाग्राहीबाट ६० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!