एसइई नतिजा दुई दिनभित्र सार्वजनिक हुने

एसइई नतिजा दुई दिनभित्र सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यसअघि तीन महिनासम्म लाग्ने नतिजा प्रक्रिया यसपालि पहिलो पटक करिब एक महिनामै पूरा हुन लागेको हो।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण, तथ्यांक इन्ट्री तथा रुजुजस्ता अधिकांश काम सकिइसकेको छ। बाँकी प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिनेछ। यस वर्ष चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा छिटो प्रकाशन गर्न परीक्षा केन्द्रमै कापी जाँच गरिएको थियो।

साथै, बोर्डका कर्मचारीहरूले बिहानदेखि साँझसम्म निरन्तर काम गर्दै नतिजा समयमै ल्याउने तयारी गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP