सरकारको सूचनापछि सुकुमबासी आफैं बस्ती खाली गर्न थाले

सरकारको सूचनापछि सुकुमबासी आफैं बस्ती खाली गर्न थाले

काठमाडौं । सरकारले सुकुमबासी बस्ती हटाउने सूचना जारी गरेसँगै बस्तीमा बसोबास गर्नेहरू आफैं सामान सारेर ठाउँ खाली गर्न थालेका छन्। बल्खु र वंशीघाट क्षेत्रका सुकुमबासीहरूले धमाधम घर टहरा हटाउँदै सुरक्षित स्थानतर्फ सर्ने काम सुरु गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार विज्ञप्ति जारी गर्दै १८ वैशाख बिहान ७ बजेदेखि काठमाडौंका नदी किनारमा रहेका सुकुमबासी बस्ती एकैपटक खाली गराइने जनाएको थियो। सो सूचनापछि स्थानीय बासिन्दाले अटेर गर्दा आफ्नो मेहनतले जोडेका सामान क्षति हुने डरले स्वेच्छाले नै बस्ती छोड्न थालेका हुन्।

प्रशासनका अनुसार नदी किनार तथा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीलाई मानवीय रूपमा व्यवस्थापन गर्न र सम्भावित विपद् जोखिम कम गर्न यो कदम चालिएको हो। यसअघि पनि काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका सुकुमबासी बस्ती खाली गराइसकिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ऊर्जा क्षेत्रमा ठूलो नीतिगत फेरबदल, ‘टेक अर पे’ पीपीए पुनः लागू
4 दिन अगाडि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रमा व्यापक नीतिगत सुधार, जलवि ...

छुटाउनुभयो कि ?

TOP