काठमाडौं। अर्थ मन्त्रालय ले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ। अब सरकारी कर्मचारीहरूले महिनामा एकपटक मात्र होइन, दुई किस्तामा तलब पाउने भएका छन्।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालय लाई पत्राचार गर्दै अर्धमासिक तलब वितरण प्रणाली लागू गर्न आवश्यक तयारी गर्न निर्देशन दिएको हो। उक्त निर्णय मन्त्रीस्तरबाट स्वीकृत भइसकेको जनाइएको छ।
हालसम्म सरकारी कर्मचारीहरूले मासिक रूपमा एकमुष्ट तलब प्राप्त गर्दै आएका थिए। नयाँ व्यवस्थाअनुसार अब महिनामा दुईपटक तलब पाउने व्यवस्था लागू गरिनेछ, जसले कर्मचारीहरूको आर्थिक व्यवस्थापन र दैनिक खर्चमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार यो प्रणाली लागू भएपछि तलब वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र समयमै हुने विश्वास गरिएको छ। मन्त्रालयले सम्बन्धित निकायहरूलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी छिटो सम्पन्न गर्न निर्देशन दिएको छ।
यो निर्णय कार्यान्वयनमा आएपछि सरकारी कर्मचारीको वित्तीय व्यवहारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!