काठमाडौं । मनोजकुमार शर्मा ले हिजो प्रधान न्यायाधीश पदको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाल गरेपछि न्यायालयभित्र नयाँ चर्चा सुरु भएको छ। यसैबीच सपना मल्ल प्रधान ले आजबाट २० दिनको बिदा लिएको जानकारी प्राप्त भएको छ।
न्यायालय स्रोतका अनुसार उनले वरियताको आधारमा आफू प्रधान न्यायाधीश बन्नुपर्ने धारणा राखेकी थिईन् । तर अन्ततः मनोजकुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त भई कार्यभार सम्हालेपछि सपना मल्ल प्रधान बिदामा बसेको विषयले अहिले न्यायिक वृत्तमा तरंग पैदा गरेको छ।
यस घटनालाई लिएर कानुनी तथा राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन्। कतिपयले यसलाई न्यायालयभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरेका छन् भने केहीले यसलाई व्यक्तिगत निर्णय र नियमित प्रक्रिया भएको बताएका छन्।
यद्यपि सपना मल्ल प्रधानको बिदा र प्रधान न्यायाधीश नियुक्तिपछि विकसित परिस्थितिबारे सर्वोच्च अदालतबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
काठमाडौँ ।आगामी महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राजनीतिक दिश ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!