मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

जलेश्वर । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । त्यस्तै, सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्वोच्चको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस
1 हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अद ...

छुटाउनुभयो कि ?

TOP