इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेको आगलागी नियन्त्रणमा

इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेको आगलागी नियन्त्रणमा

काठमाडौं । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोे छ ।  प्रहरीका अनुसार अनुसार आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको छ ।

क्याफेको भान्साबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयोगमा छैन ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

१.४६ करोड स्रोत नखुलेपछि किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा
एक महिना अगाडि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत् ...

छुटाउनुभयो कि ?

TOP