म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरेकाहुन् ।  

त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको बताए । 

मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीका अनुसार एकाइबाट एक सय ३० परिवार लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दाले रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौर पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ । यसअघि गाउँपालिकाले बुकेनी, हिदी र धारामा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको थियो । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छैटौँ ब्राइडल मेकअपमा चन्द्रकलाको जित, अञ्जली र सुजाता रनरअप
4 दिन अगाडि

काठमाडौ ।काठमाडौँमा सम्पन्न "छैटौँ नेपाल ब्राइडल मेकअप कम्पिटिसन २०८२ "मा बाग्लुङकी चन्द्र ...

छुटाउनुभयो कि ?

TOP