निजी मिडियामाथि ‘विज्ञापन बन्द’ निर्णय : कांग्रेसको कडा आपत्ति

निजी मिडियामाथि ‘विज्ञापन बन्द’ निर्णय : कांग्रेसको कडा आपत्ति

काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले कडा आपत्ति जनाएको छ। उक्त कदमले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने कांग्रेसको ठहर छ।

पार्टी सभापति गगन कुमार थापा को अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय संवैधानिक अधिकारविरुद्ध भएको निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता देवराज चालिसे ले जारी गरेको विज्ञप्तिमा ‘सरकारले नियमन गर्न सक्छ तर चयनात्मक व्यवहार गर्न सक्दैन’ भन्दै निर्णय सच्याउन माग गरिएको छ।

कांग्रेसले कुनै विशेष सञ्चार माध्यमलाई लक्षित गरी विभेदपूर्ण नीति अपनाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरेको छ। साथै विज्ञापन वितरण प्रक्रिया पारदर्शी, न्यायोचित र मापदण्डमा आधारित बनाउन सरकारलाई आग्रह गरिएको छ।

उता पत्रकार सम्बद्ध संस्था र निजी क्षेत्रका सञ्चार माध्यमहरूले पनि सरकारी निर्णयको विरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टोखा नगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति आवेदन खुला गर्‍यो
2 हप्ता अगाडि

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना शैक्षिक संस्थानहरूमा कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूक ...

छुटाउनुभयो कि ?

TOP