काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क विवरण अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।
विभागद्वारा जारी सूचनाअनुसार इजाजतपत्र प्राप्त संस्थाहरूले श्रमिक मागसम्बन्धी विज्ञापन प्रकाशित गर्दा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, फोन नम्बर तथा सम्पर्क ठेगाना स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
विभागका अनुसार सम्पर्क विवरण स्पष्ट नहुँदा वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूले आवेदन दिन तथा जानकारी लिन समस्या भोग्दै आएको गुनासो प्राप्त भएपछि यस्तो कदम चालिएको हो।
यस व्यवस्थाले वैदेशिक रोजगारी प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास विभागले लिएको छ। साथै, तोकिएको मापदण्ड पालना नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!