काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन free health नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। अब सर्वसाधारणले freehealth.mohp.gov.np मा गएर देशभरका विभिन्न अस्पतालमा उपलब्ध निःशुल्क बेडहरूको विवरण तुरुन्तै हेर्न सक्नेछन्।
यस प्रणालीमार्फत बिरामी तथा उनका आफन्तले कुन अस्पतालमा बेड खाली छ भन्ने जानकारी घरमै बसेर प्राप्त गर्न सक्ने सुविधा पाउने भएका छन्। मन्त्रालयका अनुसार यो पोर्टलले अस्पतालहरूमा हुने अनावश्यक भीड घटाउन, सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा आकस्मिक अवस्थामा बिरामीलाई छिटो उपचार पाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले डिजिटल स्वास्थ्य सेवातर्फको यो पहललाई महत्वपूर्ण सुधारका रूपमा लिएको छ। यसले स्वास्थ्य क्षेत्रमा पारदर्शिता बढाउने, सूचना पहुँच सहज बनाउने र समग्र सेवा प्रणालीलाई आधुनिक बनाउने विश्वास गरिएको छ। स्वास्थ्य सेवा पहुँचलाई नागरिकमैत्री बनाउने लक्ष्यसहित सुरु गरिएको यो प्रणाली आगामी दिनमा अझ विस्तार र सुधार गरिने मन्त्रालयले जनाएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!