काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जनभन्दा बढी उम्मेदवारले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका कारण उनीहरू आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न नपाउने भएकछन् । भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, कांग्रेस सभापति गगन थापा सर्लाही–४, रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ तथा नेकपा संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व बाट चुनाव लडन लागेकाछन् । उनीहरूको मतदाता नामावली भने अन्य निर्वाचन क्षेत्रमा रहेकोले उनीहरूले आफैँलाई मतदान गर्न पाउने छैनन्।
त्यस्तै, रास्वपा सभापति रवि लामिछाने चितवन–२, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३, नेकपा नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३, कांग्रेस नेता प्रदीप पौडेल काठमाडौं–५, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं–१, एमाले सचिव भानुभक्त ढकाल तेह्रथुम र कांग्रेस नेता डा शेखर कोइराला मोरङ–६ लगायतका नेताहरू पनि आफू उम्मेदवार बनेको क्षेत्रमा मतदाता नामावली नभएकै कारण आफैँलाई भोट हाल्न पाउने छैनन्।
यसका साथै विभिन्न दलका अन्य उम्मेदवारहरू पनि यसै परिस्थितिमा परेका छन्। निर्वाचन क्षेत्र परिवर्तन गरी उम्मेदवारी दिने प्रचलनका कारण यो पटक धेरै चर्चित अनुहारहरूले नै मतदानको अवसर गुमाउनुपर्ने अवस्था देखिएको छ ।
बेइजिङ|चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दीअन्तर्राष्ट्रिय अनिश्चितता र भू-राजनीतिक जोखिमबीच सन् २ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!