इरानले अमेरिकामाथि कसैले नसोचेको इतिहासकै भयानक हमला गदै,दुबई बहराइन र कतारको अवस्था तनावपूर्ण

इरानले अमेरिकामाथि कसैले नसोचेको इतिहासकै भयानक हमला गदै,दुबई बहराइन र कतारको अवस्था तनावपूर्ण

 काठमाडौं । इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा पुनः व्यापक सैन्य आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । पछिल्लो चरणमा इरानले मिसाइल र ड्रोनमार्फत अमेरिकी सैन्य उपस्थिति रहेका स्थान तथा तिनका क्षेत्रीय साझेदारलाई लक्षित गरेको बताइएको छ ।

सीएनएनका अनुसार इरानले इराक, सिरिया र खाडी क्षेत्र आसपास रहेका अमेरिकी रणनीतिक सैन्य संरचनातर्फ नयाँ ‘वेभ अफ स्ट्राइक्स’ सञ्चालन गरेको पुष्टि भएको छ । केही स्थानमा विस्फोटका आवाज सुनिएको तथा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जानकारी सुरक्षा स्रोतहरूले दिएका छन् ।

अमेरिकी रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार आक्रमणहरू समन्वित ढंगले विभिन्न दिशाबाट गरिएको देखिएको छ , जसले क्षेत्रीय तनाव अझ खतरनाक स्तरमा पुगेको संकेत गरेको छ । इरानले यसअघि अमेरिकी–इजरायली सैन्य कारबाहीको प्रतिकारस्वरूप क्षेत्रभर ‘निरन्तर जवाफी कदम’ चाल्ने चेतावनी दिएको थियो । पछिल्लो आक्रमण त्यसै रणनीतिक प्रतिक्रियाको निरन्तरता मानिएको छ ।

खाडी क्षेत्रका कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्सले सैन्य सतर्कता उच्च बनाएका छन् भने केही देशहरूले हवाई क्षेत्र आंशिक रूपमा सीमित गरेका छन् । अन्तर्राष्ट्रिय उडान तथा ऊर्जा आपूर्ति सुरक्षाबारे पनि चिन्ता बढेको छ । विश्लेषकहरूका अनुसार इरानको लगातार आक्रमणले द्वन्द्व अब दुई देशबीच सीमित नरही ‘क्षेत्रीय सैन्य टकराव’तर्फ रूपान्तरण हुने जोखिम बढाएको छ ।

दुबईमा हालै एउटा विमानस्थलमा आक्रमणपछि आगो लागेको छ भने बहराइन क्षतबिक्षत भएको छ । इरानी रेड गार्डले अमेरिकामाथि चाँडै इतिहासकै ठूलो र कसैले नसोचेको आक्रमण गर्ने चेतावनी समेत दिएको छ ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगार सुधारका लागि मेघनाथ भुर्तेलद्वारा प्रधानमन्त्रीलाई खुला ध्यानाकर्षण पत्र
एक महिना अगाडि

काठमाडौं।नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निबर्तमान महासचिव मेघनाथ भुर्तेलले प्रधानमन्त्री बालेन् ...

छुटाउनुभयो कि ?

TOP