सर्लाही बलरा नगरपालिकाका पूर्वमेयर कांग्रेस प्रवेश, गगनले स्वागत गरे

सर्लाही बलरा नगरपालिकाका पूर्वमेयर कांग्रेस प्रवेश, गगनले स्वागत गरे

सर्लाही, फागुन ९ – सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सिंह हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय थिए। कांग्रेसका सभापति गगनकुमार थापा ले गएराति सिंहलाई व्यक्तिगत रूपमा पार्टी प्रवेश गराएका हुन्।

सिंहको निवासमै आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता तथा निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह सहित जिल्ला तहका नेताहरू उपस्थित थिए। पार्टी प्रवेशपछि सिंहले आफ्नो उद्देश्य र जनता सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयर निर्वाचित भएका थिए, जसमा उनले ४ हजार ३ सय २७ मत प्राप्त गरेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा राजपाको विभाजनपछि लोसपा बाट मेयरका उम्मेदवार बनेका उनी नेकपा माओवादी केन्द्र का उम्मेदवार रामाशंकर कुशवाहा संग १ हजार १२ मतले पराजित भएका थिए।

यसअघि पनि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्र लगायत दर्जनौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन्। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP