काठमाडौं, पुस २३ — नव जागरण समाज नेपालले काठमाडौं महानगरपालिका वडा नम्बर ९ को सहयोगमा ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबारदेखि सुरु गरेको छ। स्थानीय महिलाहरूको बढ्दो मागलाई मध्यनजर गर्दै तालिम आयोजना गरिएको वडा सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि शिर्जना भेटवालले बताइन्।
नव जागरण समाजकी अध्यक्ष विष्णु माया पौडेलको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरिन्। पाँच दिने तालिमकी प्रमुख प्रशिक्षकसमेत पौडेल नै रहेकी छन् भने प्रशिक्षक सहयोगीका रूपमा विष्णु थापा र निर्मला बिष्ट रहेका छन्। उनीहरूले कार्यक्रमको समन्वय तथा व्यवस्थापनसमेत सम्हालेका छन्।
वडा कार्यालयको आफ्नै हलमा सञ्चालन भइरहेको तालिममा ३३ जना महिला र २ जना पुरुष सहभागी छन्। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने तालिममा प्रशिक्षकको कलात्मक र प्रभावकारी प्रस्तुतीको सहभागीहरूले खुलेर प्रशंसा गरेका छन्।
प्रशिक्षक पौडेलले नियमित रूपमा सहभागी भई तालिममा सक्रिय सहभागिता जनाएमा सहभागीको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उद्घाटन कार्यक्रमको सञ्चालन सफल कल्पनाले गरेकी थिइन्।
महिला सशक्तीकरण र नेतृत्व विकासलाई केन्द्रमा राखिएको यो तालिमले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकले लिएको छ।
दार्चुला, २२ माघ-कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उहाँहरू राष्ट्रको सीमालाई सुरक्षित ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!