निर्वाचन आयोगद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं पुस २१- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ।

न्याय परिषद्को परामर्शमा आयोगले यही पुस २५ गतेदेखि लागू हुने गरी ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्रांकित श्रेणीका ८८ अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफू खटिएको निर्वाचन कार्यालय स्थापना गरी सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

एक मात्र प्रतिनिधिसभा सदस्य रहेका जिल्ला तथा जिल्ला सदरमुकाम रहेका निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतले निर्वाचन गराउनेछन् भने बाँकी निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतले कार्यभार सम्हाल्नेछन्।

नियुक्त सबै निर्वाचन अधिकृतको नामावली आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP