काठमाडौँ पुस २१ — २३ र २४ भदौमा भएका हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ लिखित रूपमा पेस गरेका छन्।
जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीको स्टेटमेन्ट आयोगमा प्राप्त भइसकेको छ र अब घटनाको स्थानहद (जुरिस्डिक्शन) सम्बन्धी निर्णय लिने तयारी भइरहेको छ।
‘आयोगको टोलीले बयानका लागि उपस्थित हुन पत्र पठाएको थियो। पत्र प्राप्त भएपछि उहाँले आफ्नो भनाइ लिखित रूपमा पेस गर्नुभएको हो,’ आयोगका एक सदस्यले बताए।
प्रवक्ता शर्माले आयोगको टोली ओलीको लिखित स्टेटमेन्ट लिएर फर्किएको पुष्टि गरे। उनले स्टेटमेन्टको अध्ययन भइरहेको र त्यसका आधारमा थप निर्णय लिइने जानकारी दिए। यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले पनि आइतबार ओलीलाई बोलाएर घटनासम्बन्धी सोधपुछ गरेको छ।
यसअघि पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगको वैधतामाथि प्रश्न उठाउँदै सिंहदरबारमा पुगेर बयान नदिने अडान लिँदै आएका थिए। आयोग भने जसरी पनि बयान लिनुपर्ने अडानमा थियो। दुवै पक्षबीचको मतभेदपछि आयोगले लिखित बयान स्वीकार गर्ने संकेत दिएसँगै ओलीले पनि लिखित रूपमा पेस गर्न सहमति जनाएका थिए। त्यसअनुसार आयोगको टोली आइतबार पत्र लिएर ओलीसमक्ष पुगेको हो।
जाँचबुझ आयोग ऐन, २०२६ अनुसार गठित उक्त आयोगलाई २३ र २४ भदौका घटनाका कारण पहिचान गर्ने, दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने तथा यस्ता घटना दोहोरिन नदिन उपाय–सुझाव पेश गर्ने जिम्मेवारी दिइएको छ।
ऐनले आयोगलाई कुनै व्यक्तिलाई उपस्थित गराई बयान लिने, प्रमाण संकलन गर्ने, सरकारी वा सार्वजनिक निकायबाट विवरण माग गर्ने र आवश्यक लिखत पेस गर्न आदेश दिन सक्ने अधिकार दिएको छ।
आयोगले मागेको विवरण उपलब्ध नगराएमा वा आदेश अवहेलना गरेमा कारबाही सिफारिस गर्न सक्ने र अवहेलनामा पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार पनि आयोगसँग रहेको छ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया