गोकर्णेश्वर, मङ्सिर ९ – गोकर्णेश्वर नगरपालिकाले आज सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले १५ वटा सडक डिभाइडर ट्राफिकलाई हस्तान्तरण गरेको छ।
मेयर दीपक रिसालले डिभाइडर हस्तान्तरण गर्दै भने, “सडक सुरक्षा हाम्रो प्राथमिकता हो। नयाँ डिभाइडरहरूले ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउनेछ र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरीले प्रतिक्रिया दिँदै भने, “नयाँ डिभाइडरहरूले सडकमा ट्राफिक व्यवस्थापन सजिलो बनाउनेछ। पैदल यात्री र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न यो कदम उपयोगी छ। हामी यसलाई प्रभावकारी रूपमा प्रयोग गर्नेछौं।”
गोकर्णेश्वर नगरपालिकाले यसअघि पनि जेनजी आन्दोलनपछि प्रहरी भवन निर्माण, प्रहरीको लागि नयाँ मोटरसाइकल वितरण, र नयाँ लाइट जडान जस्ता पहलहरू गर्दै नागरिक र प्रहरी दुवैको मन जित्दै आएको छ। स्थानीयवासीहरूले स्थानीय तहबाट सेवा पाउँदा जीवन सहज भएको प्रतिक्रिया दिएका छन्।
मेयर रिसालले आगामी दिनहरूमा यस्ता कार्यक्रम निरन्तर जारी रहने र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने बताए।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया