काठमाडौँ, मंसिर २— सोमबार मध्यरातमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले कडा आपत्ति जनाएको छ। आयोगले यसलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिसुरक्षाको संवैधानिक अधिकारमाथि प्रत्यक्ष खतराको रूपमा मूल्याङ्कन गरेको छ।
आयोगका प्रवक्ताले स्पष्ट पार्दै भनेकोछ-, मध्यरातमा कुनै व्यक्तिलाई पक्राउ गर्नु कानुन र मानव अधिकारको मर्मविपरीत कदम हो। यस्तो कार्यले समाजमा भय र असुरक्षा फैलाउने भएकाले सरकार र सुरक्षा निकायलाई तत्काल सावधानी अपनाउन र गम्भीर हुन आयोगले आग्रह गरेको छ।
मानव अधिकार आयोगले यस घटनालाई कानुनी प्रक्रिया र मानवीय दृष्टिकोणको उल्लङ्घनको रूपमा हेरेकोछ र भविष्यमा यस्ता घटनाबाट जोगिन सतर्कता र उत्तरदायित्व अपनाउन निर्देशन दिएको छ।
यसैबीच, सामाजिक, राजनीतिक र मानव अधिकार समूहहरूले आयोगको चेतावनीलाई सकारात्मक र आवश्यक कदमका रूपमा स्वागत गरेका छन्। घटनाप्रति जनमानसमा असन्तोष र तनाव बढेको बताइएको छ।
काठमाडौं मङ्सिर २९-नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत डा. टीका ढकालले केन्द्रीय खुला महिला सदस्य ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!