मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन

जनकपुरधाम, कार्तिक २४ – मधेश प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाको गठबन्धनमा नयाँ सरकार गठन भएको छ। एमाले दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।

सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका यादवले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्। नयाँ सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी, र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन्। संघीय समाजवादी र राप्रपाका प्रदेशसभामा एक–एक सिट मात्रै छन्।

यसअघि मुख्यमन्त्री रहेका जितेन्द्र सोनलले कार्तिक २३ गते पदबाट राजीनामा दिएपछि, संविधानको धारा १६८(३) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका यादवलाई सबैभन्दा ठूलो दलको नाताले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

तर स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गरेकी भण्डारीले बर्दिबासस्थित पानस होटलमा शपथ खुवाएको घटनाले विवाद निम्त्याएको छ। उनको यो कदमबारे राजनीतिक वृत्तमा आलोचना भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP