दुर्गा प्रसाईं पक्राउको विरोधमा देशभर जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने तयारी

दुर्गा प्रसाईं पक्राउको विरोधमा देशभर जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने तयारी

काठमाडौं, मंसिर २ — मेडिकल व्यवसायी तथा राजनीतिक अभिव्यक्तिका कारण चर्चित बनेका दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यरात पक्राउ गरेपछि त्यसको विरोधमा नागरिक बचाउ महाअभियानले आज दिउँसो १:३० बजे देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा एकैसाथ ज्ञापनपत्र बुझाउने भएको छ।

अभियानका प्रवक्ता माधव कल्पितका अनुसार पक्राउ प्रकरणपछि अभियानभित्र आगामी रणनीति र सम्भावित आन्दोलनका चरणबारे निरन्तर छलफल जारी छ। उनले प्रसाईंको गिरफ्तारीलाई “अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको संकेत” भन्दै आपत्ति जनाएका छन्।

प्रहरीले सोमबार मध्यरात प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर, भद्रकालीमा राखेको छ। प्रसाईंले यसअघि मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।
स्रोतहरूका अनुसार उनका पछिल्ला तीव्र अभिव्यक्ति र बयानले शान्ति–सुरक्षामा खलल पर्ने सम्भावना देखिएकाले पक्राउ गरिएको हुन सक्ने अनुमान गरिएको छ।

तर यसबारे प्रहरीले अहिलेसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेकपा एमाले ११औँ महाधिवेशनः मतगणना सुरु, प्रारम्भिक नतिजा सार्वजनिक
2 महिना अगाडि

काठमाडौं पुष ३- नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सु ...

छुटाउनुभयो कि ?

TOP