२५ वर्षदेखि सौन्दर्य क्षेत्रमा समर्पित सोनी कारणजीत — महिलाको सिप र आत्मनिर्भरता अभियन्ता

काठमाडौँ ,मङ्सिर २-–रविभवनमा रहेको रोज ब्युटी एकेडेमी आज सुन्दरताको मात्र होइन, महिलाको सशक्तीकरण र आत्मनिर्भरताको केन्द्र बनेको छ। यस एकेडेमीकी संस्थापक अध्यक्ष सौन्दर्यविद् सोनी कारणजीत (सुन्दरी जोशी) विगत २५ वर्षदेखि सौन्दर्य क्षेत्रमा निरन्तर सक्रिय छिन्।

सानैदेखि समाजसेवाको भावना बोकेकी कारणजीतले हजुरबुवा–हजुरआमादेखि बाबुआमासम्मको समाजसेवी परम्परा पछ्याउँदै रेडक्रसमार्फत सेवा यात्राको सुरुवात गरेकी थिइन्। अहिले उनी लायन्स क्लबमार्फत समाजसेवा, महिला सशक्तीकरण र सीप विकासका क्षेत्रमा सक्रिय रहँदै आएकी छिन्।

लायन्स क्लबमा प्रेसिडेन्ट, जोन चेयरपर्सन, रिजन चेयरपर्सनदेखि प्रोजेक्ट म्यानेजरसम्मका जिम्मेवारी सम्हालेकी उनले घरेलु महासङ्घमा पनि आठ वर्षदेखि विभिन्न पदमा रहेर काम गर्दै आएकी छिन्।

CTEVTबाट मान्यता प्राप्त रोज ब्युटी एकेडेमीमा हरेक वर्ष हजारौँ विद्यार्थीले सौन्दर्य सीप सिकेर देश–विदेशमा रोजगार पाउने गरेका छन्। कारणजीतले विशेषगरी विपन्न वर्गका महिलालाई लक्षित गर्दै निःशुल्क सीप तालिमहरू सञ्चालन गर्दै आएकी छिन्।

उनले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर सौन्दर्य शिक्षाका तालीमहरू नियमित सञ्चालन गर्दै आएकी छिन्। साथै, सौन्दर्य पेशालाई व्यवस्थित र मर्यादित बनाउन ‘सौन्दर्य उद्यमी संघ नेपाल’ खोलेकी छिन्, जसले सबै सौन्दर्यकर्मीलाई एकतामा बाँध्ने लक्ष्य राखेको छ।

कारणजीतले सौन्दर्य पेशालाई जीवनको आधार बनाउँदै अब यस विषयमा पुस्तक प्रकाशनको तयारी पनि गरिरहेकी छिन्। साथै, उनले आफ्नी छोरी परिसी कारणजीतलाई कस्मेटोलोजीमा बिदेशमा पठाइ मास्टर डिग्री प्राप्त गरि हाल  परिसी सिटिभिटी कलेजमा प्रोफेसरको रूपमा अध्यापन गराइरजेकी छिन— यो पनि नेपालकै पहिलो उदाहरण हो।

“निरन्तर कर्म गरे सफलता आफ्नै हात पर्छ,” भन्ने कारणजीतको विश्वास छ। उनको भनाइमा, “जब महिलाहरू सीप सिकेर आत्मनिर्भर बन्छन्, तब मात्रै देशको वास्तविक प्रगतिमा योगदान दिन सक्छन्।”

रोज ब्युटी एकेडेमीका विद्यार्थीहरू आज स्वदेश–विदेशमा स्थापित भइरहेका छन्। जब उनीहरू उद्घाटन कार्यक्रममा उनलाई प्रमुख अतिथिको रुपमा  आमन्त्रणा गर्छन्, कारनजीत भन्छिन् — “त्यो क्षण मेरो सबैभन्दा ठूलो खुशीको छेन हो।”त्यो नै मेरो जिवनको उपलब्धि हो ।

प्रतिक्रिया

  • * * * <a href="https://primefisolutions.com/?1a30jw">$3,222 payment available</a> * * * hs=87683f812c20add128969e481f93dd0b* ххх* paouqua@mailbox.in.ua 8x41kj
  • * * * $3,222 credit available! Confirm your transaction here: https://primefisolutions.com/?1a30jw * * * hs=87683f812c20add128969e481f93dd0b* ххх* paouqua@mailbox.in.ua 8x41kj
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP