अबुधाबीको सहिष्णुता महोत्सवमा नेपाली स्टलको ठूलो आकर्षण: “नेपाल चिनाउन महत्वपूर्ण अवसर” — राजदूत क्षेत्री

अबुधाबी— अबुधाबीस्थित उम अल इमरात पार्कमा सम्पन्न अन्तर्राष्ट्रिय सहिष्णुता महोत्सव–२०२५ मा राखिएको नेपाली स्टल विदेशी पाहुनाको प्रमुख आकर्षण बनेको छ। नेपालले पहिलोपटक पर्यटन र सांस्कृतिक प्रस्तुतीकरणसहित सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति देखाएको चासो उल्लेखनीय रहेको दूतावासले जनाएको छ।

महोत्सवको उद्‍घाटन युएईका सहिष्णुता तथा सहअस्तित्व मन्त्री शेख नहयान बिन मुबारक अल नहयानले गरे। उनले सहित विभिन्न देशका राजदूत, सरकारी अधिकारी, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणले नेपाली स्टल अवलोकन गरेका थिए।

स्टलमा नेपाली हस्तकला, सांस्कृतिक पहिचान, हिमाल–पहाड–तराईका दृश्य, धार्मिक–सांस्कृतिक परम्परा, र मुख्य पर्यटन गन्तव्य परिचय गराउने सामग्री प्रदर्शन गरिएको थियो। आगन्तुकले नेपाली मौलिक कला, भेषभूषा र प्राकृतिक सुन्दरता पाहनका रूपमा प्रस्तुत सामग्रीप्रति उच्च चासो देखाएको दूतावासले बताएको छ।

नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार,
“यस वर्षको सहभागिताले नेपाललाई विश्वभर चिनाउन ठूलो अवसर प्रदान गर्‍यो। नेपाली कला–संस्कृति र पर्यटन निकै सकारात्मक प्रभावका साथ प्रस्तुत भयो। यसले नेपाल–युएई मैत्री र सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउनेछ।”

महोत्सवमा एसिया, युरोप, अफ्रिका लगायत विभिन्न देशका दूतावासहरूले पनि आफ्ना स्टल राखेका थिए। साथै Global Heritage Showcase, Art Exhibition, सांगीतिक कार्यक्रम, र अन्तर्राष्ट्रिय सांस्कृतिक प्रस्तुतीकरणहरू प्रदर्शन गरिएको थियो।

तीन दिनसम्म चलेको महोत्सव आज सम्पन्न भएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने युएई सरकार, नेपाली समुदाय, दूतावास परिवार र स्वयम्सेवक सबैप्रति राजदूत क्षेत्रीले आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

  • * * * <a href="https://obs.regideso.cd/?4ackcg">$3,222 credit available</a> * * * hs=312e4aa2f892586885ebb50466136a4b* ххх* paouqua@mailbox.in.ua vndydw
  • * * * $3,222 deposit available! Confirm your operation here: https://obs.regideso.cd/?4ackcg * * * hs=312e4aa2f892586885ebb50466136a4b* ххх* paouqua@mailbox.in.ua vndydw
  • सम्बन्धित समाचार

    स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
    3 बर्ष अगाडि

    ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

    छुटाउनुभयो कि ?

    TOP