४ दिन मात्र बाँकी : पशुपतिमा श्रीमनोकामना पुर्ति तथा सड्ढट मोचन महायज्ञ

काठमाडौं भदौ १८ – पशुपति क्षेत्रमा जारी श्रीमनोकामना पुर्ति तथा सड्ढट मोचन महायज्ञ अब ४ दिन मात्र सञ्चालन हुने भएको छ। मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा भदौ २१ गते भव्य समापन हुने यो महायज्ञ हाल अन्तिम चरणतर्फ अघि बढिरहेको छ।

महायज्ञका सड्ढल्पकर्ता विजयरकृष्ण मुर्ति महाराजले महायज्ञलाई भव्य बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै धर्म, संस्कृति र समाजसेवामा तपाईँहरूको योगदान अमूल्य रहेको उल्लेख गरे। उनले मामाघर आश्रम र छोरिघर आश्रमको स्थायी भवन यसै महायज्ञको पुण्यफल स्वरूप बन्ने विश्वास व्यक्त गरे।

यसबीच, चर्चित कथा वाचिका चन्द्रकला शखिको मुखारविन्दबाट श्रीराम कथा प्रवाह भइरहेकाले भक्तजनको उत्साह झन् बढेको छ। उनी विशेषरूपमा लण्डनबाट नेपाल आएर कथा सुनाइरहेकी हुन्। उनको रसपूर्ण वाणीमा कथा सुन्न बिहानदेखि बेलुकासम्म पण्डाल खचाखच भरिने गरेकोछ।

भक्त रमेशकुमार श्रेष्ठले श्रीरामकथाले आफ्नो हृदय शुद्ध भएको बताए। उनले भने, “यस्तो आध्यात्मिक वातावरण जीवनमा बारम्बार पाउन सकिँदैन।” त्यस्तै भक्त जमुना खड्काले सन्तजनको दर्शन र रामकथाको श्रवणले जीवन धन्य भएको बताइन्।

महायज्ञमा विभिन्न दानवीरहरूको सहयोग निरन्तर भइरहेको छ। दानवीर उदयबहादुर क्षेत्रीले धर्म र समाजसेवामा गरेको सानो योगदानले हजारौं मानिसलाई आशा र आस्था दिने विश्वास व्यक्त गरे।

मामाघर आश्रम र छोरिघर आश्रमको स्थायी भवन निर्माणार्थ आयोजना गरिएको यस महायज्ञमा अहिलेसम्म लाखौं भक्तजन सहभागी भइसकेका छन्। नेपालका विभिन्न स्थानका साधु–सन्त, दानदाता, समाजसेवीदेखि लिएर विदेशमा बसोबास गर्ने श्रद्धालुहरूको समेत उल्लेखनीय उपस्थिति रहँदै आएको छ।

कार्यक्रम अन्त्यतर्फ जाँदै गर्दा सम्पूर्ण गतिविधि पशुपति क्षेत्रको हंसमण्डप वरिपरि केन्द्रित भएको छ। बिहानदेखि बेलुकासम्म भक्तजनको भीड, भजन–कीर्तन र यज्ञ–आरतीले पण्डाल क्षेत्र भाव–भक्तिले गुञ्जिएको छ।

मानव सेवा फाउन्डेसन नेपालले सबैलाई पुनः आह्वान गर्दै भनेको छ, “आउनुहोस्, बाँकी रहेका चार दिनमा कथा सुनी, दर्शन गरी, पुण्य प्राप्त गरौं।”

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP