हेटौंडा, साउन २० —बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख देवकोटाले सोमबार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदसहित ६४ जनाको बहुमत समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ। कुनै एक दलको स्पष्ट बहुमत नपरेकाले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बानियाँको नियुक्ति हुन लागेको हो।
यसअघि ०८१ साउन ९ मा कांग्रेस–एमाले संयुक्त गठबन्धनले सरकार गठन गर्दा दुवै दलबीच २०–२० महिनाको कार्यकाल बाँडफाँड गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार बानियाँले बाँकी ८ महिनाका लागि सरकारको नेतृत्व लिने छन् र आगामी फागुनमा नेतृत्व एमालेलाई हस्तान्तरण गर्नेछन्।
लामाले आफ्नै दलका सांसदबाट अविश्वासको प्रस्ताव सामना गरेका थिए। १३ साउनमा भएको मतविभाजनमा अल्पमतमा परेपछि उनले १९ साउनमा राजीनामा घोषणा गर्दै २० साउनमा स्वकीय सचिवमार्फत राजीनामा दर्ता गराएका थिए।१४ साउनमा भएको संसदीय दलको निर्वाचनमा बानियाँले लामालाई हराउँदै दलको नेतामा निर्वाचित भएका थिए।
बानियाँले आजै कांग्रेस र एमालेका कोटाबाट मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया