पोखरा, चैत्र २० – वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको एकल साँगीतिक साँझ आगामी चैत्र २२ गते पोखरा सभागृह हलमा हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको ‘सांगीतिक साँझ २०८१’ कार्यक्रममा न्यौपानेका चर्चित गीत प्रस्तुत गरिनेछ।
कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ भने प्रवेश निःशुल्क रहने आयोजक प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिएकी छन्। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताइन्।
स्याङ्जामा जन्मिएका गायक न्यौपानेले सन् २०४६ मा रेडियो नेपालबाट औपचारिक सांगीतिक यात्रा सुरु गरेका थिए। अहिलेसम्म उनले झण्डै पाँच सय गीतमा स्वर भरेका छन्। हाल उनी रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय, पोखरामा कार्यक्रम अधिकृतका रूपमा कार्यरत छन्।
यसअघि प्रतिष्ठान नेपालले नारायण रायमाझीको एकल साँगीतिक साँझ आयोजना गरिसकेको छ। प्रतिष्ठानले हरेक वर्ष एकजना अग्रज स्रष्टाको एकल साँगीतिक साँझ आयोजना गर्ने लक्ष्य राखेको छ। कार्यक्रमको मुख्य प्रायोजक एनसेल रहेको छ।
पोखरा, वैशाख १७ – सनातन परम्पराका उच्च आध्यात्मिक गुरू तथा अनन्त श्री विभूषित श्रोत्रिय ब्रह्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!