काठमाडौं, १९ चैत्र – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत प्रकरणमा संलग्न रहेको आरोपमा धनेश्वर प्रसाईसहितविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृत समक्ष दिएको बयानको प्रतिकूल विशेष अदालतमा बकपत्र गरेको पुष्टि भएको छ। अनुसन्धानबाट भट्टराईले संखुवासभाको पाँचखपन नगरपालिका–६ निवासी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस दिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (३) अनुसार आरोप प्रमाणित भएमा बिगोअनुसार जरिवाना, कैद सजाय तथा घुस जफतको माग गरिएको छ।
अख्तियारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै दोषीमाथि कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ। विशेष अदालतमा सुनुवाइपछि यस मुद्दाले नयाँ मोड लिने अनुमान गरिएको छ।
पोखरा, वैशाख १७ – सनातन परम्पराका उच्च आध्यात्मिक गुरू तथा अनन्त श्री विभूषित श्रोत्रिय ब्रह्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!