धनेश्वर प्रसाईसहितको घुस प्रकरण: अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं, १९ चैत्र  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत प्रकरणमा संलग्न रहेको आरोपमा धनेश्वर प्रसाईसहितविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार, सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृत समक्ष दिएको बयानको प्रतिकूल विशेष अदालतमा बकपत्र गरेको पुष्टि भएको छ। अनुसन्धानबाट भट्टराईले संखुवासभाको पाँचखपन नगरपालिका–६ निवासी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस दिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (३) अनुसार आरोप प्रमाणित भएमा बिगोअनुसार जरिवाना, कैद सजाय तथा घुस जफतको माग गरिएको छ।

अख्तियारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै दोषीमाथि कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ। विशेष अदालतमा सुनुवाइपछि यस मुद्दाले नयाँ मोड लिने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आलेख : महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
18 घण्टा अघि

तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP