संस्कार, सेवा र समर्पणको अनुपम गाथा

संस्कार, सेवा र समर्पणको अनुपम गाथा

पोखरा । जब सामुन्ने भेट हुन्छ, उनीहरू हल्का मुस्कानसहित ‘राधे राधे’ भन्दै दुई हात जोडेर निहुरिन्छन्। मृदुभाषी वचन, उज्यालो अनुहार, अनि सरलताले भरिएको अभिवादन—यति सुन्दर संस्कारको आभास मिल्दा हृदयभरि आनन्दको ज्वारभाटा उठ्छ। पहिलो पटक जो कोहीले देखे पनि चकित हुन्छन्, यतिधेरै शालीनता, यतिधेरै मिजासिलो व्यवहार!

यसरी सत्कार गर्ने मात्र होइन, उनीहरू बस्न आग्रह गर्छन्, स्नेहपूर्वक चिसो पानी ल्याउँछन् र भन्छन्, ‘हजुरलाई के सेवा गरौँ?’ सेवा भावले ओतप्रोत ती शब्दहरूले मन लोभ्याइहाल्छ। आश्चर्य लाग्छ, कति सभ्य, कति शालीन! यस्ता संस्कारी व्यक्तित्वहरूलाई जन्म दिने बा-आमा कति भाग्यमानी होलान्! सायद यही संस्कारले रामराज्यको झल्को दिन्छ।

यी सबै को हुन्?

यो कुनै कथा होइन, न त किंवदन्ती नै। यिनीहरू हुन्—मानव सेवा फाउन्डेसन नेपालका समर्पित कर्मचारीहरू। तर यहाँ ‘कर्मचारी’ भन्ने शब्द सान्दर्भिक लाग्दैन। किनकि उनीहरू संस्थाको अभिन्न अंगमात्रै होइनन्, उनीहरू श्री विजयकृष्ण मूर्ति महाराजका प्रिय परिवारका सदस्य हुन्।

महाराजज्यूले यो परिवारलाई केवल संस्था होइन, स्नेह र संस्कारको केन्द्र बनाउनुभएको छ। उहाँले यहाँ नियुक्त गरिएका प्रत्येक व्यक्तिलाई कर्मचारी होइन, सन्तानसरह माया दिनुभएको छ। यही कारण हो, यहाँ सेवा गर्ने प्रत्येक सदस्यभित्र दया, करुणा र परोपकारको उज्यालो झल्किन्छ।

हाम्रो समाजमा अभिभावकत्व के हो? कसरी दिनुपर्छ? सन्तानलाई संस्कार सिकाउने सही उपाय के हो? यी प्रश्नहरूको उत्तर खोजिरहेका हौं भने, एक पटक गण्डकी कोटिहोम पुग्नैपर्छ। यहाँका हरेक गतिविधि, हरेक सेवा र हरेक व्यवहारबाट एउटा मात्रै सन्देश प्रसारित हुन्छ—‘परिवार हुनु त यस्तै पो हुनु!’

आउँदै गरेको नयाँ वर्षमा पोखरा बिरौटास्थित गण्डकी कोटिहोममा विशेष कोटिहोम महायज्ञ आयोजना हुँदैछ। यो केवल धार्मिक कार्यक्रम मात्र होइन, सुसंस्कारको पुनर्जागरण हो। यो यज्ञमा सहभागी भई आफैँलाई साक्षात्कार गर्नुहोस्। आफ्नो परिवारलाई, विशेषगरी सन्तानलाई संस्कार सिकाउने अमूल्य अवसर दिनुहोस्।

महाराजज्यूले देख्नुभएको सपना पूरा होस्, सेवा र संस्कारको यो उज्यालो संसार देशभरि फैलियोस्। उहाँको समर्पण र त्यागलाई हामी सबैले हृदयदेखि नमन गरौँ। आउनुहोस्, नयाँ वर्षमा कोटिहोमको पवित्र अवसरलाई जीवनको अभिन्न क्षण बनाऔं।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP