काठमाडौं, चैत १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने हिंसात्मक प्रदर्शनको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको दाबी गरेका छन्। सोमबार संघीय संसदलाई सम्बोधन गर्दै उनले पूर्वराजाले ७ फागुनमा दिएको अभिव्यक्तिपछि देशव्यापी रूपमा राजावादी गतिविधि बढेको र १५ चैतमा भएको हिंसात्मक प्रदर्शन त्यसकै परिणति भएको दाबी गरे।
ओलीले पूर्वराजाले दुर्गा प्रसाईंलाई ‘आन्दोलन कमान्डर’ तोकेको, समाजलाई भड्काउने गतिविधि गरेको र देशको संविधानविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए। ‘व्यवस्था मास्छु भनेर हिंसात्मक योजना बुन्नेहरू उन्मुक्ति पाउन सक्दैनन्,’ ओलीले भने।
सरकारले घटनाको निष्कर्ष निकाल्दै पूर्वराजालाई नै प्रमुख जिम्मेवार ठहर गरेको छ। अब यस विषयमा थप कारबाही हुने संकेत गर्दै ओलीले भने, ‘कानून सबैका लागि बराबर हो, चाहे जोसुकै होस्, उन्मुक्ति दिइँदैन।’
तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

प्रतिक्रिया