काठमाडौं, चैत्र १५ – पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछाने र सेवाग्राही दिनेश लामिछानेविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अनुसन्धानका क्रममा वडा सचिव प्रभात लामिछानेले सेवाग्राही दिनेश लामिछानेसँग जन्मदर्ता प्रमाणपत्रमा जन्म मिति सच्याइदिने प्रयोजनका लागि घुस मागेको पुष्टि भएको छ। सेवाग्राहीले वडा सचिवको निर्देशनअनुसार तोकिएको बैंक खातामा रु. २,५०,०००/- जम्मा गराएका थिए। सोही रकम वडा सचिव लामिछानेले आफ्नो खातामा ट्रान्सफर गराएको खुलेको छ।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको आरोपपत्रमा प्रभात लामिछानेले पदको दुरुपयोग गरी एकै व्यक्तिको फरक-फरक जन्म मिति कायम गरी गलत लिखत तयार गरेको आरोप लगाइएको छ। यसका साथै सेवाग्राही दिनेश लामिछानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार लाभ प्राप्त गर्ने मतियारको रूपमा मुद्दा चलाइएको छ।
अभियोगपत्रअनुसार दुवै प्रतिवादीमाथि बिगोबमोजिम जरिवाना, कैद सजाय र घुस लिएको रकम जफत गर्न माग गरिएको छ। विशेष अदालतमा अब सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
नेपाली समाजमा बाबु–आमालाई भगवानसरह मानिन्छ। आमाको माया र त्यागलाई श्रद्धापूर्वक सम्झने विशेष द ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!