भैरहवा बिमानस्थलमा प्रहरी र कर्मचारीको मिलेमतोमा सुन तस्करी

भैरहवा बिमानस्थलमा प्रहरी  र कर्मचारीको मिलेमतोमा सुन तस्करी

भैरहवा ।काठमाण्डौस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा जांचमा कडाइ हुन थाले पछि भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरी र विमानास्थलकै कर्मचारीको मिलेमतोमा सुन तस्करी हुन् शुरु भएको देखिएको छ।


भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न आरोपमा प्रहरी जवान र बिमानस्थलकै कर्मचारीसह्तित तीन जना पक्राउ परेपछि कर्मचारीको मिलेमतोमा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन शुरु भएको देखिएको हो।


भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक सुन तस्करीमा संलग्न रहेको आरोपमा सोहि बिमानस्थलमा कार्यरत प्रहरी जवान र विमानास्थलकै कर्मचारीसहित तीन जना पक्राउ परेका छन्।


स्रोतका अनुसार पक्राउ पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल विक, विमानस्थल कार्यालय सहयोगी (स्विपर) रुपन्देही मायादेवी गाउँपालिका–२ का राजन यादव र दुबईबाट आएका यात्रु लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनार्दन गुप्ता रहेका छन्।


गत मंसिर २३ गते दुबईबाट फ्लाइ दुबईको विमानमा भैरहवा आएको एक यात्रुले ल्याएको १५० ग्राम सुनसहित संलग्न प्रहरी जवानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सहकारी ठगी प्रकरणमा मुछिएकी अन्जना कोइराला अदालतमा उपस्थित
एक बर्ष अगाडि

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीम ...

छुटाउनुभयो कि ?

TOP