अख्तियारमा घुस रकम बोकेर पुगेका प्रमुख प्रशासकिय अधिकृत पक्राउ
सम्बादाता
२०८१-०८-२९
457
Shares
काठमाडौँ ।सुन्दा पनि अचम्म लाग्छ ,स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत घुस बोकेर अख्तियार पुग्छन् भनेर।यस्तै भयो र यो सत्य घटना हो।
नुवाकोटको किस्पाङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घुस बोकेर पुगेपछि पक्राउ परेका छन्।शुक्रबार उनी पक्राउ परेका हुन।
जिल्ला अछाम मेललेख गाउपालिकामा तत्कालीन अबस्थामा प्रमुख प्रशाकिय पदमा बसेर मेसिनरी सामान खरिद गर्दा उनिमाथी भ्रस्टाचार गरेको आरोप सहित अख्तियारमा उजुरी परेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा बयानको लागि पुगेका प्रमुख प्रसाकिय सापकोटाले अनुसन्धान अधिकृत समक्ष उनले एक लाख घुस झोलामा बोकेर पुगेका थिए।
स्वैच्छाले लिएर आएर आएको रकम हो यो र मुद्दा मिलाइदिन अनुरोध गरेपछि कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार,यस्तो हर्कत गरेका उनलाइ तत्कालै अख्तियारले नियन्त्रणमा लिएको थियो।अनुसन्धान अधिकृतको कार्यकक्षमा उजुरीसँग सम्बन्धित कागजात बुझाउन आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाको झोलाबाट ३१ थान कागजात र १ लाख रुपैयाँ(रु. १,००० दरका ९६ नोट र रु. ५०० दरका ८ नोट) फेला परेको आयोगले जनाएको छ ।
खुल्याम घुस दिने आट गर्ने प्रमुख प्रसाकिय अधिकृतबाट थाह हुन्छ कि स्थानीय तहमा कस्तो खालेर भ्रष्टाचार छ भनेर।
यो घटना केवल एक व्यक्तिको व्यवहार मात्र नभई सार्वजनिक पदमा रहेका कर्मचारीहरूले देखाउने गैरजिम्मेवारीपनको स्पष्ट उदाहरणसमेत बनेको छ भने कुन हदसम्म कर्मचारी पुग्दै छन् भन्नेसमेत दर्साएको छ ।
अख्तियारजस्तो संस्थामा समेत घुस लिएर पुग्नुले अनेक खाले प्रश्न उब्जिएको छ यतिबेला ,कसरी आउला शुसासन ?
सम्बादाता
२०८१-०८-२९
457
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!